काठमाडौं, ३ वैशाख । दुईजनालाई कोरोना भाइरसको संक्रमण भेटिएपछि यतिबेला पेप्सीकोलाको सनसिटी सामान्य अवस्थामा छैन । त्यहाँ प्रहरीले शिल्ड गरेको छ भने धमाधम टेष्ट गर्न थालिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सनसिटीमा हालसम्म २९८ जनाको कोरोना भाइरसको डायगनसिस टेष्ट भइसकेको र सबैको नतिजा नेगेटिभ आएको जानकारी दिए । उनले दुईजना संक्रमित भएर उपचारमा रहेको बताउँदै अर्का एकजनाको पुनः परीक्षणबाट नतिजा नेगेटिभ आएको समेत बताए । टेष्ट अझै जारी रहेको उनले बताए ।
सनसिटीमा बाँकीको टेष्टबाट नतिजा नेगेटिभ आएपछि भने केही सन्तोष भएको छ । अन्य व्यक्तिमा पनि संक्रमण सरेको छ कि भनेर त्यहाँ बस्ने र नातागोता चिन्तित बनेका छन् ।