Logo

एशियाली देशलाई तेलको मूल्यमा छुट



३ वैशाख : साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामकोले एशियाली देशका लागि कच्चा तेलको मूल्यमा भारी छुट दिने निर्णय गरेको छ । जबकि अमेरिकाका लागि भने कच्चा तेलको मूल्य बढाइदिएको छ ।

कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मागमा कमी आएसँगै मूल्यमा आएको भारी गिरावट आएका कारण मूल्य स्थिर राख्नका लागि प्रमुख तेल उत्पादक देशहरुबीच तेल उत्पादनमा १० प्रतिशतको कटौती गर्ने सम्झौता भएको थियो । योसँगै कच्चा तेलमा मूल्य युद्ध साम्य हुने अपेक्षा गरिएको थियो । यद्यपी साउदी अरामकोको पछिल्लो घोषणाले युद्ध घट्नुको सट्टा बढ्न सक्ने बताइएको छ ।

विशेषज्ञहरुका अनुसार, तेल उत्पादनमा कटौती गर्ने विषयमा हालै तेल उत्पादक देशहरुको संगठन (ओपेक) र सहयोगी देशहरुका बीचमा भएको सम्झौतामा अरामको खुशी छैन ।

खबरका अनुसार, साउदी अरामकोले एशियाली देशहरुका लागि प्रतिब्यारेल ४.२० डलर छुट दिएको छ । जबकि अमेरिकी खरिदकर्ताहरुका लागि भने प्रतिब्यारेल २.५० डलर मूल्य बढाएको छ । यो मूल्य मे महिनाका लागि तोकिएको हो ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्