पर्सा, बैशाख ४ । शैली परिवर्तन नभए वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्र कोरोना फैलाउने ‘हट जोन’ का रुपमा दरिने सम्भावना बढेर गएको छ ।
तीन जिल्लाका श्रमिकको श्रमस्थल रहेको यो कोरिडोर क्षेत्रमा उदोगले श्रमिकका लागि आवश्यक मापदण्ड प्राय अपनाएका छैनन् ।
एक–दुई वटा औषधि निर्माण कम्पनीले भने दुई गाडीमा आउने श्रमिकलाई तीन वटा गाडीमा ल्याउने व्यवस्था गरेको र उद्योगमा पुगेपछि हातमा सेनिटाइजर लाउन दिनेबाहेक अरु खासै व्यवस्था नगरेको पाइएको राजधानी दैनिकमा खवर छ ।