धनगढी/बैतडी, बैशाख ४ । कैलालीको लम्की बहुमुखी क्याम्पसमा क्वारेन्टाइनमा राखिएका ५२ जनालाई चैत २९ गते घर पठाइयो। (यापिड टेस्ट गर्दा कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको थियो। घर पठाएको दुई दिनपछि पिसिआर विधिद्वारा नमुना जाँच गर्दा ६५ वर्षीय एक महिलामा संक्रमण देखियो। उनलाई संक्रमण देखिएपछि सोमबार बाँकी सबै ५१ जनालाई पुनः क्वारेन्टाइनमा राखिएको छ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा क्वारेन्टाइनमा राखिएका करिब १५ सयजतिलाई घर फर्काइएको छ। (यापिड टेस्टगरेर रिपोर्ट नेगेटिभ आएकाहरु घर फर्केका छन्। तर विज्ञहरु (यापिड टेस्टको नतिजा नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न निमल्ने बताउँछन्।
(यापिड टेस्टको रिपोर्टका आधारमा क्वारेन्टाइनमा रहेकालाई घर पठाउनुले जोखिम बढाएको उनीहरुको भनाइ छ। ‘(यापिड टेस्टले नेगेटिभ देखाउँदैमा त्यो व्यक्तिमा भाइरस छैन भन्न मिल्दैन’, सेती अस्पतालका वरिष्ठ फिजिसियन शेरबहादुर कमर भन्छन,‘(यापिड टेस्टकै आधारमा क्वारेन्टाइनबाट घर पठाउन मिल्दैन।’
(यापिड टेस्टको नतिजा नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न निमल्ने विज्ञ बताउँछन्। पिसिआर विधिले नेगेटिभ देखाएपछि मात्रै क्वारेन्टाइनबाट घर फर्काउन उनीहरुले सुझाएका छन्।
तीन साताभन्दा बढी क्वारेन्टाइनमा बसेकाको गुणस्तरीय किटबाट (यापिड टेस्ट गरेमा भाइरसको संक्रमणले उत्पन्न एन्टिबडी देखिने उनको भनाइ छ।‘भर्खर भाइरस छिरेको छ भने देखिँदैन’, उनले भने,‘दुई प्रकारको किट हुने गरेकोमा हामीकहाँ प्रयोग भएको किटबाटभाइरस छिरेको एक डेढ सातापछि मात्र एन्टिबडी देखिने हो।’
क्वारेन्टाइनमा तीन साता पनि नपुगेका मानिसलाई ¥यापिड टेस्टका आधारमा घर पठाउँदा समुदायमा संक्रमणको जोखिम बढेको उनको भनाइ रहेको आजको नागरिक दैनिकमा खवर छ ।