काठमाडौं, बैशाख ५ । कोरोना भाइरसको बढ्दो संक्रमणबाट विश्वभर एक लाख ४५ हजार बढीको मृत्यु भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार शुक्रबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या एक लाख लाख ४५ हजार ४ सय १७ पुगेको छ।
त्यस्तै,२१ लख ८० हजार ३ जनामा कोरोना संक्रमण भएको छ भने विश्वभर अहिलेसम्म पाँच लाख ४६ हजार ७ सय ४३ जना निको भइसकेका छन्।