काठमाडौं, बैशाख ५ । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगमका दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् ।
दुवै जहाज केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ ।चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।
निगमका दुईवटा वाइडबडी जहाज बिहीबार साँझ मेडिकल सामग्री लिन चीन उडेका गरेका थिए।यसअघि पनि निगमको वाइडबडी जहाजले दुई उडानबाट २० टनको हाराहारीमा मेडिकल सामग्री ल्याएको थियो।