Logo

कोरोना रोकथामका लागि ३४ जना एमडी अध्ययनरत डाक्टर सुदुरपश्चिम खटाइए



काठमाडौं, ५ वैशाख । सरकारले चिकित्सा विज्ञानको एमडी तहमा अध्ययनरत डाक्रहरुलाई सुदुरपश्चिम प्रदेशमा खटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३४ जना चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान एमडीए मेसमा अध्ययनरत विद्यार्थीहरुलाई खटाएको जानकारी दिए ।

पहिलो चरणमा खटाइएका डाक्टरहरु सुदुरपश्चिम प्रदेश सरकार अन्र्तगत खटिनेछन् । भारतलगायत विभिन्न देशबाट सुदुरपश्चिमा ठूलो संख्या मानिसहरु आएको अवस्थालाई दृष्टिगत गरी खटाएको देवकोटाले बताए ।

पहिलो चरणमा विमानबाट लगिएका चिकित्सकहरु एक महिनासम्मका लागि रहने र आवश्यक परे समय थप गर्न सकिने डा. देवकोटाको भनाई छ । सरकारले आवश्यकता हेरेर चिकित्सा सेवा क्षेत्रको उच्च शिक्षामा अध्ययनरतहरुलाई खटाउने नीति बनाएको हो ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले थप जनशक्ति परिचालन गर्ने नीति अनुसार डाक्टरहरुलाई खटाउन थालेको हो ।



प्रतिक्रिया दिनुहोस्