Logo

पूर्वमन्त्री पासवानले घरमै मनाए अम्बेडकरको १२९औं जयन्ती



काठमाडौं, ५ बैशाख । पूर्वमन्त्री विश्वेन्द्र पासवानले डा. भीमराव अम्बेडकरको १२९ औं जयन्ती घरमै मनाएका छन् । सदाझैं उनले यो वर्ष अम्बेडकर जयन्ती सार्वजनिक रुपमा भने मनाउन पाएनन् । कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले यही बैशाख १५ गतेसम्म लकडाउन लगाएको छ ।
लकडाउनको पूर्ण पालना गर्दै यो वर्ष पूर्वमन्त्री पासवानले अम्बेडकर जयन्तीको अवसरमा कुनै सार्वजनिक कार्यत्रमको आयोजना गरेनन् । तर, उनले काठमाडौंस्थित् आफू बसेको घरमै अम्बेडरको १२९औं जयन्ती मनाएका छन् । अम्बेडकर जयन्ती हरेक वर्षको १४ अप्रिलमा मनाउँदै आईएको छ ।

विगत वर्षमा पासवानले काठमाडौंमा अम्बेडकरबारे विचार विमर्श कार्यक्रमको आयोजना गर्दै आएका थिए । तर, यो वर्ष भने उनले घरमै अम्बेडकरको तस्विरमा फूलमाला चढाएर उक्त जयन्ती मनाएको जानकारी दिएका छन् । डा. भीमराव अम्बेडकर भारतका संविधान निर्माता तथा दलित अधिकारकर्मी हुन् । उनी जीवनपर्यन्त नै दलितहरुको अधिकारको लागि लडेका थिए । जातीय बिभेदको उन्मुलनमा उनको योगदानलाई कदर गर्दै भारत मात्र नभई विश्वभर उनको सम्मान गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्