काठमाडौं, ६ वैशाख । देशमा आज नयाँ कोरोना संक्रमित भेटिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज कुनैपनि नयाँ संक्रमित नभेटिएको जानकारी दिए ।
हिजो एकै दिन १४ जना नयाँ संक्रमित भेटिएको थियो । हिजो भेटिएकामा उदयपुरमा १४ पुरुषका अलावा चितवनमा ६३ वर्षीया महिला र एक युवक छन् । उदयपुरमा भेटिएकाहरु २० देखि ४० वर्ष उमेरका छन् ।
नयाँ कोरोना संक्रमित आज नभेटिएपनि त्रास भने उत्पन्न भएको छ । उदयपुरमा त्रियुगा नगरपालिका शिल्ड गरिएको छ । अन्य जिल्लामा पनि रयापिड टेष्ट गर्दा नेगेटिभ आएपछि त्रास फैलिएको छ ।