काठमाडौं ६ बैशाख । नेपाल फोटो पत्राकार समूह (एनएफपिजे) ले ललितपुरस्थित बज्र इँटाभट्टाका मजदूरहरुलाई राहत वितरण गरेको छ । राष्ट्रिय फोटोपत्रकार समूह, एनएफपीजे नेपालमा आवद्ध फोटोपत्रकारहरुको अगुवाइमा ६३ परिवारहरुलाई राहत वितरण गरेको हो ।
गत हप्ता इँटाभट्टाका मजदूरहरुको फोटो सङ्कलन गर्न पुगेका एनएफपिजेका महासचिवलगायतका टोलीले मजदूरहरुको दयानीय अवस्थालाई मध्येनजगर गरी केही सहयोगी मनहरुको साथमा राहत वितरण गरिएको महासचिव प्रदिपराज वन्तले जानकारी दिए । महासचिव वन्त भन्छन्–”एनएफपिजेको आव्हानलाई सहगोगी मनहरुको सहयोगमा चामल, दाल, नुन, मसौरा, वोडी, हात धुने र नुहाउने सावुन र खानेतेल ६३ परिवारका ३०० जना सदस्यहरुको लागि एक हप्ताको लागि खानेकुुरा दिन सफल भयौं ।”
एनएफपिजेले सहयोगीमनहरु विपिन राई मलेसिया, राजुु ढुुङ्गेल, इन्दिरा नेपाल, वोनीता श्रेष्ठ तामाङ, प्रवलरत्न तुलाधर,मनोरमा पुडासैनी थापा, राष्ट्रिय फोटो पत्रकारसमूह नेपालका पूर्व अध्यक्ष कविन्द्रमान शाक्य, अध्यक्ष राजेन्द्र चित्रकार,सदस्यहरु शोभा मर्हजन,सुुसिल श्रेष्ठ, कृष्ण खड्का, किशोर श्रेष्ठ, सिव सत्याल, रमेश शाक्य, सुरज श्रेष्ठ, उमेश वस्नेत, अजय लेन्सम्यान, रेजीना तुलाधर साथै खाद्यान्नको लागि ढुवानीमा सहयोग गर्ने साथीहरु अरुण महर्जन, राकेश मर्हजनलाई धन्यवाद प्रकट गरेको छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम