वैशाख ७, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले लक डाउनका बेला खान बस्न नपाए व्यक्तिहरुको तस्विर र भिडियो सार्वजनिक हुनुलाई रहस्यमय भनेका छन् ।
काठमाण्डौ लगायत विभिन्न जिल्लामा ज्याला मजदुरी गर्नेहरु कस्टका साथ घर फर्किएको समाचार पत्रकारले कसरी बनाए भन्नेमा ओलीले आशंंका गरेका हुन् ।
सरकारी सञ्चारमाध्यमसँगको अन्तरवार्तामा प्रधानमन्त्रीले शंका व्यक्त गर्दैै सरकारी निकायले थाहा नपाएको कुरा पत्रकारले थाहा पाएको भन्दै रहस्य हुन सक्ने बताएका हुन् ।
‘धादिङबाट मान्छे आफ्नो घर जान निस्कन्छन् । बीचमा प्रकट हुन्छन् मान्छे । एउटा कुरा, पत्रकार चाहिँ त्यहाँ कसरी पुगिसक्छ ? त्यहाँको प्रहरीलाई थाहा छैन, सिडिओलाई थाहा छैन । तर, मान्छे हुरुरु निस्केर गन्तव्यतिर लाग्दा पत्रकारलाई थाहा हुन्छ र काठमाडौँबाट क्यामेरा बोकेर पुग्या हुन्छ त्यहाँ । कसरी ? रहस्यपूर्ण छैन र ? उनले शंका व्यक्त गरे ।
लकडाउन लम्बिँदै जाँदा मजदूर, श्रमिक र अन्य बेरोजगारहरु काठमाडौँबाट गाउँ जान वा भारतबाट स्वदेश फर्कने क्रममा लामो पैदलयात्रा तय गर्नुपरेको कष्टपूर्ण दृश्य देखिएमा छिटो माध्यमबाट सम्बन्धित निकायमा सूचना दिन पनि प्रधानमन्त्रीले आग्रह गरे । ‘कुनै ठाउँमा मान्छे अलपत्र परेको देख्नुभयो भने पर्खिएर त्यो अलपत्रताको, दुःखको प्रशारण भोलिल्ट मिडियाबाट गर्ने होइन । हेलो सरकारको नम्बर त वहाँहरुलाई थाहा होला त्यहाँ बताइदिए हुने थियो । सिसीएमसीमा २० जना मान्छे २४ सै घण्टा स्ट्याण्डबाइ बसिरहेका छन । त्यहाँ खबर गरौँ । बिजोग दृश्यमा रमाइलो मान्नेभन्दा पनि यसलाई रचनात्मकरूपमा समाधान गर्न लाग्न सकिन्छ ।’
प्रधानमन्त्रीले आरोप लगाए, ‘अघिल्लो दिनको राति खिचेको फोटो भोलिपल्ट ५ः२२ मा अपलोड गरियो । त्यतिबेलासम्म सरकारले व्यवस्थापन गरिसक्थ्यो तर सरकारलाई थाहा भएन । सरकारलाई जानकारी गराउन अनुरोध छ । सरकारले थाहा पाउने बित्तिकै उनीरुको व्यवस्था गर्छ । जहाँ पुगेका छन् त्यहाँ खाना खुवाएर सरकारले तिनीहरुको व्यवस्थापन गरेको छ ।’ सरकारलाई गालीको फेहरिस्त बुन्नुभन्दा छिटो सूचनाका माध्यमबाट सरकारलाई सूचना दिन आग्रह गरे ।