Logo

अमेरिकी तेलको मूल्य २१ वर्षयताकै सस्तो



८ वैशाख : अमेरिकी तेलको मूल्य २१ वर्षयताकै न्यून विन्दुमा झरेको छ। कोरोना भाइरस (कोभिड १९) महामारीका कारण मागमा आएको कमी र भण्डारण क्षमता सकिएकोले मूल्य घटेको जनाइएको छ।

सोमबार बिहान एशियाली बजारमा अमेरिकी तेलको बेन्चमार्क, वेष्ट टेक्सस इन्टरमिडिएटको मूल्य १४ प्रतिशत घटेर प्रतिब्यारल १५.६५ रुपैयाँमा झरेको छ।

कोरोना भाइरस महामारीको बेला उत्पादन कारखानाहरु बन्द भएका कारण तेलको मागमा धेरै गिरावट आएपछि तेल बजारमा निकै दबाब परेको छ।

अमेरिकी भण्डारणहरु तेलको मागमा आएको गिरावटको सामना गर्न संघर्ष गरिरहेका छन्। ‘भण्डारण भरिएका कारण कसैले पनि तेलको माग गरिरहेका छैनन्’ एक्सिकर्पका स्टीफनले भने। मेरोलागानी File Photo



प्रतिक्रिया दिनुहोस्