काठमाडौं, ८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा मन्त्रिपरिषदले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउनेबारे गरेको निर्णयमा केन्द्रित रहेर छलफल हुने बुझिएको छ । मन्त्रिपरिषदको यो निर्णयले नेकपाभित्र तरंग पैदा गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा दल विभाजनबारे यस्तो अध्यादेश ल्याउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रस्ताव ल्याएका थिए । FILE PHOTO