विचार प्रक्रिया हाम्रो मस्तिष्कको एक अभिन्न अंग हो । धेरै जतिबेला पनि दिमाग चलिरहन्छ यसैलाई अत्यधिक सोच भनिन्छ । तपाइँको दिमागमा सधै विचार चलिरहन्छ । तपाइँ सुत्न नै दिदैन किनकी दिमाग दौडिरहन्छ । तपाइ्ँ छिटो नै फैसला लिन पाउनु हुन्न किनकी तपाइँको दिमागमा नियन्त्रण हुँदैन । लगातार दिमाग चलेमा तपाइँमा थकान महसुस गर्नुहुन्छ । यति भएमा सम्झनुहोस् तपाइँ अत्यधिक सोचको सिकार हुनुहुन्छ ।
कारण
अत्यधिक सोच एक सामान्य मानसिक समस्या हो यो धेरैमा देखिन्छ ।
- वर्तमानमा भन्दा भविष्यको बारेमा धेरै चिन्ता गर्नुः हाल भइरहेको कामलाई छाडेर भविष्यको बारेमा चिन्ता गर्दा यस्तो समस्या भोग्नुपर्छ ।
- कामको धेरै तनाव हुनाले जब कामको लोड धेरै भएमा दिमाग तेजले चल्न लाग्छ यस्ले तनावको रुप लिन्छ ।
- मनमा डर हुनालेः जब कोही व्यक्ति भित्र डर हुन्छ जस्तो जागिर छुट्ने डर, प्रमोशन नशुने डर, काममा असफलता हुने डर जस्ता डरले मनमा कल्पना हुन थाल्छ र विस्तारै विस्तारै धेरै सोच्नेको बाध्यता बनाउछ ।
- आत्मविश्वासको कमीः आत्मविश्वास कम भएमा मनमा नकरात्मक सोच विचारलmे घेर्न थाल्छ र मानिसले धेरै सोच्न र चिन्ता गर्न बाध्य हुन्छ ।
- सकरात्मक भन्दा नकरात्मक सोच बढी आउनुः जब व्यक्ति सानो सानो कुरामा नकरात्मक सोच धेरै आउछ तब विस्तारै विस्तारै उसले अत्यधिक सोचको सिकार हुने गर्छ ।
लक्षण
- अल्छीपन बढ्ने
- बेचैनी हुने
- सानो सानो कुरामा चिन्ता हुने
- कुनै काममा मन नलाग्नु
- एकै विचार मनमा बारम्बार आउनु
- भोक कम लाग्नु वा कहिले धेरै लाग्नु
- शरीर थकथका रहनु
- तौल कम हुनु
- कुनै काम प्रति केन्द्रित नहुनु
- शरीरमा भारीपन र दुखाइ हुने
- कुनै क्रियटिभ सोच नआउने
सम्झने क्षमता कमी हुने आदी लक्षण अत्यधिक सेवनको कारण हुनसक्छ ।