काठमाडौं, ८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । सचिवालय बैठक सम्पन्न हुनेबित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।
आज अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषदले पारित गरेका ती दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भइसकेको छ । यही सन्दर्भमा छलफल गर्न नेकपाले सचिवालय बैठक बोलाएको थियो ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जरूरी भएरै अध्यादेश ल्याएको स्पष्ट पारेका थिए । बैठकबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,अध्यादेश ल्याउनु ठूलो कुरा होइन भनेर प्रधानमन्त्रीले भन्नुभयो, संवैधानिक नियुक्ति रोकियो भन्नुभयो। तर यस विषय विभिन्न कोणबाट छलफल हुन्छ।’ FILE PHOTO