काठमाडौं, ८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि सदस्य डा. भीम रावलले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी आज ल्याइएको दुवै अध्यादेशलाई अनिष्टकारी भनेका छन् । उनले अध्यादेशले देशलाई राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्पन्न भएको बताएका छन् ।
आज साँझ ट्वीट गर्दै पूर्व गृहमन्त्री समेत रहेका डा. रावलले कोरोना संक्रमणबाट जनताको सुरक्षा गरी सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा छलफल नै नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक र नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याउनु देशका लागि अनिष्टकरी हो भनेका छन् ।