लन्डन, ९ वैशाख । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट साउथ इस्ट लन्डनमा एक जना चार्टर्ड एकाउटेन्टको निधन भएको छ ।
उच्च ज्वरो र खोकीसहित श्वास प्रश्वासमा मुस्किल भएपछि १० दिनअघि सेन्ट थोमस अस्पताल लण्डनमा भर्ना भएका ध्रुवकुमार श्रेष्ठको शनिवार राति १२ बजे निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
मधुमेहका सामान्य विरामी रहेका श्रेष्ठ लण्डनमा आफ्नै एकाउन्टेन्सी फर्म सन्चालन गर्दै आएका थिए ।
पोखरा स्थायी घर भएका ४६ वर्षीय श्रेष्ठका श्रीमती, दुई छोरी र एक छोरा छन् । उनले नेपालबाट आमा र वुवालाई बेलायत घुम्न ल्याएका थिए । अहिले दुवै जना बेलायतमै हुनुहुन्छ ।
उनी दक्षिण पूर्वी लण्डनको उलीचमा लामो समय बसोबास गरी भर्खरै वेक्स्लीहिथमा सरेका थिए ।-वी नेपालीबाट