Logo

कोरोना भाइरसबारे सातवटा विषयमा अध्ययन हुँदै



काठमाडौं, बैशाख ९ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोरोना भाइरस सङ्क्रमणको प्रभावसम्बन्धी सातवटा विषयमा अध्ययन अगाडि बढाएको छ ।

स्वास्थ्यसँग सम्बन्धित अध्ययन र अनुसन्धानका क्षेत्रमा अनुगमन, नीति निर्माणमा सरकारलाई सहयोग गर्ने संस्थाका रूपमा रहेको एनएचआरसीले कोरोना भाइरस सङ्क्रमणपछि विभिन्न क्षेत्रमा देखिएका समस्यालाई लिएर अध्ययन थालेको हो । एनएचआरसीका कार्यकारी सदस्यसचिव डा। प्रदीप ज्ञवालीका अनुसार सङ्क्रमणको सफल उपचार भएकाहरूको प्लाज्मामार्फत सङ्क्रमितको उपचार प्रभाव कस्तो हुन्छ भन्ने विषयमा समेत अध्ययन गरिने भएको छ ।

¥यापिड डाइग्नोस्टिक किट (बजारमा पाइने र सरकारले ल्याएको) र रियल टाइम पोलिमरेज चेन रियाक्सन (आरटी–पीसीआर)को तुलना, लकडाउन र क्वारेन्टाइनमा बसेकाहरूको मनोवैज्ञानिक अवस्था, चिकित्सक र स्वास्थ्य सेवा सम्बद्धमा पाइएको मानसिक अवस्थाका बारेमा अध्ययन थालिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्