काठमाडौं, ९ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व प्रधानमन्त्री भीम रावलले सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानीमा उनले यस्तो बताएका हुन्।
उनले भने,”यो अध्यादेश तत्काल फिर्ता हुनुपर्छ । अहिले अध्यादेश ल्याउनु भनेको यसमा गलत स्वार्थ छ । यसको कुनै औचित्य र आवश्यक छैन् । पार्टीले स्थायी कमिटी र केन्द्रीय कमिटी दुवै बैठक बोलाउनुपर्छ । यो दल फुटाउने काम गलत हो । प्रधानमन्त्रीले जवाफ दिनुपर्छ । नसच्याए पार्टीले एक्शन लिन्छ ।”
कोरोनाको महामारी प्राइमको खबरदारीेलकडाउन २९र्औं दिन
Posted by Prime Times Television, Nepal on Tuesday, 21 April 2020