Logo

सँसारभर भोकमरीको खतरा



एजेन्सी, १० वैशाख । कोरोना भाइरसको संक्रमित संख्या २५ लाख नाघेको छ । १ लाख ७५ हजार मानिसको संक्रमणबाट मृत्यु भइसकेको छ । सँसारको आधा जनसंख्या एक महिनायता लकडाउनमा छन् । यसले आर्थिक संकट जटिल बनिरहँदा सँसारभर भोकमरीको जोखिम बढ्ने देखिएको छ ।

संयुक्त राष्ट्रसंघले सँसारभर भोकमरीको जोखिम बढेको जनाएको छ । राष्ट्रसंघले यसभन्दा दोब्बर भोकमरीको संख्या बढेको जनाएको छ । राष्ट्रसंका अनुसार २६ करोड ५० लाख मानिस भोकमरीको खतरामा परेको तथ्यांक सार्वजनिक गरेको छ ।

यस वर्षको अन्तसम्म खाद्यान्न असुरक्षा बढ्ने प्रक्षेपण गरिएको छ । गत वर्ष १ करोड ३० लाख मानिस भोकमरीको जोखिममा परेका थिए । विश्व खाद्य कार्यक्रमका प्रमुख अर्थशास्त्री डा. अरिफ हुसेनले कोभिड १९ लाखौं मानिसका लागि भयावह हुने बताएका छन् ।

कोरोना भाइरसपछि विश्वभर भोकमरीको महामारी अर्को चुनौती बन्ने भनिएको छ । विश्व खाद्य कार्यक्रमले भोकमरीसँग जुध्न ३५ करोड डलर तत्काल आवश्यका औल्यएको छ ।



प्रतिक्रिया दिनुहोस्