Logo

प्रधानमन्त्री ओलीविरुद्ध बाबुराम आक्रमक, ‘केपी ओली हटाउ’ अभियान सुरु गर्न अपिल



काठमाडौं, १० बैशाख । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने कडा अभिव्यक्ति दिएका छन् । उनले पछिल्लो समय सरकारले ल्याएका दुई अध्यादेशप्रति लक्षित गरेर प्रधानमन्त्री ओलीको विरोध गरेका हुन् । उनले वर्तमान प्रधानमन्त्री ओलीलाई तत्काल हटाउनुको विकल्प नभएको भन्दै यसको लागि अभियान सुरु गर्नुपर्नेपनि बताउन थालेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले प्रधानमन्त्री ओलीमाथि यस्तो तिखो अभिव्यक्ति दिएका छन् । नेता भट्टराईले ट्विटरमा लेखेका छन्,”ओलीतन्त्रविरूद्ध नागरिक सचेतना र प्रतिरोध स्तुत्य छ।तर कवि शीरोमणि भन्छन्-मूर्खका मनमा अर्ती गाली तुल्य बिझाउँछ;दूधपान गरी सर्प बिष मात्र बढाउँछ!त्यसैले#StepDownPMOliसट्टा#RemovePMOliको शंखनाद उपयुक्त हो कि!पहिलो,वहाँकै पार्टीले हटाउनसक्छ;दोश्रो,संसदले र तेश्रो,सडकले!Oli Must Go!”

अध्यादेश ल्याएकै दिन नेता भट्टराईले त प्रधानमन्त्री ओलीलाई लोकतन्त्रको हत्याराको संज्ञा दिँदै ओलीसँग होशियार हुनुपर्ने टिप्पणी गरेका थिए । “सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो।जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्रविरूद्ध गम्भीर अपराध हो।देश थप संकटमा फस्दैछ!लोकतन्त्रका हत्यारादेखि सावधान!”

 

 



प्रतिक्रिया दिनुहोस्