Logo

टेकुमा कोरोना उपचारपछि नीको भए धादिङ्गका युवक, डिस्चार्ज गरिदै



काठमाडौं, १० वैशाख । नेपालमा कोरोना भाइरसका तेस्रो संक्रमित उपचारपछि नीको भई डिस्चार्ज हुने भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३२ वर्षीय युवक आज डिस्चार्ज हुने भएका हुन् ।

२८ दिनको अस्पताल बसाईंपछि युवक डिस्चार्ज हुने भएका हुन् । उनी युएईबाट फर्किएका थिए । धादिङ्ग स्थायी घर भएका उनको कोरोना भाइरसको संक्रमण १२ चैत्रमा पत्ता लागेको थियो ।

युवकसँगै कोरोना भाइरसको संक्रमणको उपचारपछि नीको भई घर फर्कनेको संख्या ७ पुगेको छ । ३५ जना उपचाररत छन् भने ३ जना अस्पताल लगिदैछन् ।

युवकको डिस्चार्जपछि टेकु अस्पतालमा कोही पनि कोराना भाइरसको संक्रमित नहुने भएका छन् । यसअघि नेपालकी दोस्रो कोरोना भाइरसकी संक्रमित ६ वैशाखमा निको भई डिस्चार्ज भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्