Logo

शेयर एन्ड केयरद्धारा दुप्चेश्वर गाउँपालिकालाई कोरोना रोकथाम सामाग्री सहयोग



ललितपुर, १० वैशाख । शेयर एन्ड केयरले नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मीका लागि कोरोना भाइरस रोकथाममा प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आज संस्थाका कार्यकारी निर्देशक रमेशकुमार खड्काले दुप्चेश्वर गाउँपालिका प्रतिनिधिलाई सामाग्री हन्तारन्तरण गरेका हुन् ।

प्रदान गरिएको स्वास्थ्य सामाग्रीमा पीपीई सेट ७ , बुट ७ जोर, तापक्रम नाप्ने थर्मल ७ प्रति र मास्क एक हजार प्रति रहेको छ । पीपीई विश्व स्वास्थ्य संगठनको मापदण्डको रहेको शेयर एन्ड केयरले जनाएको छ ।

यसअघि शेयर एन्ड केयरले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागका स्वास्थ्यकर्मी, नगरपालिका, गाउँपालिका, प्रहरी, समाजसेवीलगायतका लागि अत्यावश्यक व्यक्ति र संस्थालाई कोरोना रोकथाममा प्रयोग हुने सामाग्री सहयोग प्रदान गरिसकेको छ । शेयर एन्ड केयरका कार्यकारी निर्देशक रमेशकुमार खड्काले सहयोग निरन्तर जारी रहने र अत्यावश्यक क्षेत्रको अध्ययन गरेर स्वास्थ्य सामाग्री उपलब्ध गराइएको बताए ।



प्रतिक्रिया दिनुहोस्