काठमाडौं, १० बैशाख । नेकपा बरिष्ठ नेता झलनाथ खनालले अस्थिरतावादी प्रवृत्तिविरुद्ध एक जुट हुन आह्वान गरेका छन् । सरकारले ल्याएको राजनीति दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गर्दै यसविरुद्ध लाग्न आह्वान गरेका हुन् ।
पुर्वप्रधामन्त्री समेत रहेका नेता खनालले पार्टी सचिवालय बैठकमा समेच हालै जारी गरिएको अध्यादेशको विरोध गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा जारी विज्ञप्तिमा उनले पार्टीमा ‘अराजकतावादी र नोकरशाही प्रवृत्ति’तिर बढ्न थालेको संकेत गरेका छन् ।
‘पार्टीलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रुपले सुदृढ र एकताबद्ध गरेर तथा पार्टीलाई नीति, विधि र पद्धतिसंगत ढंगले अघि बढाएरमात्र उपलब्धिहरुलाई निरन्तरता दिन सकिन्छ’ नेता खनालको विज्ञप्तिमा भनिएको छ, ‘तर, पार्टीमा अराजकतावादी र नोकरशाही प्रवित बढ्न थाले र मुलुकलाई अस्थिरतातिर उन्मुख बनाउने प्रवृत्ति बढ्न थाले भने उपलब्धिहरु नै गुम्ने खतरा हुन्छ ।’
उनले यतिबेला कुनैपनि प्रकारका अस्थिरतावादी प्रवृतिविरुद्ध एकताबद्ध हुँदै कोरोना भाइरसको महामारी नियन्त्रण गर्नुपर्ने आवश्यकता नेता खनालले उल्लेख गरेका छन् । दृष्टिबाट File Photo