Logo

अन्तरीक्षमा इरानको सैन्य भूउपग्रह, इरानी सैन्य डुंगालाई ध्वस्त पारिदिन ट्रम्पको निर्देशन



एजेन्सी, १० वैशाख । इरानले पहिलो सैन्य भू-उपग्रह अन्तरीक्षको कक्षमा राखेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनीसहितको ट्वीट गरेका छन् । उनले इरानी नौसैनिक डुंगाहरु अमेरिकी युद्धपोतको नजिक पुगेमा ध्वस्त पार्ने चेतावनी दिएका छन् ।

ट्रम्पले अमेरिकी नौसैनिकलाई इरानी सैनिक डुंगाले युद्धपोतलाई समुन्द्रमा अवरोध पुर्याएमा ध्वस्त पार्ने निर्देशन दिइसकेको बताएका हुन् । उनले किन यस्तो लेखे भन्नेबारे प्रष्ट नपारेपनि अमेरिकी युद्धपोतको नजिक इरानी रिभोलुसनरी गार्डसको नौसैनिक डुंगा एक हप्ता अघि पुगेको अलजजिराले उल्लेख गरेको छ ।

बुधबार नै इरानले सैनिक भू-उपग्रह अन्तरीक्षमा राखेको खुलासा गरेको थियो । गोप्य तरिकाले यो कदम चालेलगत्तै दुई देशबीच तनाव बढेको छ । यसाबाट इरानले अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको विकास गरेको अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्