Logo

समाजवादी राजपा एकतापछि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पुगे नेताहरु



काठमाडौं, ११ वैशाख । मध्यराति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भई बनेको जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ताका लागि नेताहरु पुगेका छन् । नेताहरु कार्यालय समय अगावै पुगेका हुन् ।

हिजो समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच हतारमा एकताको निर्णय भएको हो । एकतामा दुवै दलका नेताहरुले हस्ताक्षर गरेपनि केही असन्तुष्टको हस्ताक्षर छैन । यसले अझै ती दलमा विवाद रहेको र फुटको आशंका कायमै छ ।

समाजवादी पार्टी फुटाउन ठूलै शक्ति लागेपछि राजपासँग एकता प्रक्रिया बढेको थियो । रेणु यादव नेतृत्वमा ७ जना दल फुटाउन सक्रिय भएका थिए । तर, नयाँ दल दर्ता गर्न उनीहरु नपुगेकाले फुटको प्रयास विफल भएको देखिएको छ ।

नयाँ दल बनेपछि समाजवादी र राजपालाई मिलाएर डा. बाबुराम भट्टराई नेतृत्वमा पुगेपछि बलियो भएका छन् । उनीभन्दा वरियतामा माथि महन्थ ठाकुर राखिएपनि बाबुराम शक्तिशाली देखिएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्