महिलाहरुको हर्मोन असन्तुनले धेरै समस्या ल्याउँछ । यसको कारण र जोखिम पनि छ । हर्मोन असन्तुलनको लक्षण
- योनी सुख्खा हुनु
- ब्रेस्ट छुदा दुख्ने
- अपच
- कब्जियत
- मासिक धर्ममा समस्या
- तौल बढ्ने
- कपाल झर्ने
- छालामा असामान्य दाग
- आवाज गहिरो हुने
- गर्भाशयबाट रगत बग्नु
- अनियमित मासिक धर्म
- हड्डि कमजोर हुने
- रातमा पसिना आउने
- अनुहार, गर्दन, छाती र पिठमा धेरै कपाल बढ्नु
- बाझोपन
पुरुषमा हुने लक्षण
- यौन कामेच्छा कम हुने
- शुक्राणुको संख्यामा कमी
- मांसपेशीको सक्रियता कम हुनु
- शरीरमा कपाल बढ्नमा कमी
- छातीको टिशु धेरै बढ्ने
- छाती हल्का छुँदा पनि दुख्ने
- ओस्टियोरोसिस
महिला र पुरुष दुवैमा देखिने लक्षणहरु
- अनुहार र छालामा रुखोपन
- अचानक तौल घट्ने
- मासंपेशी कमजोरी
- थकान
- कपाल झर्ने
- डिप्रेशन
- कामेच्छा कम हुने
- चिन्ता
- बाझोपन
- पसिना आउने
- धमिलो देख्ने
- चिसो र तातो प्रतिको संवेदनशिलता बढ्दै जाने
- कब्जियत
- धेरै प्यास लाग्ने र पटक पटक पिसाब आउने
- छालामा बैजनी र हल्का गुलाबी रंगको स्ट्रेच माक्र्स हुने
हर्मोन असन्तुलनको कारण
- डायबेटिज
- थायराइड कम वा धेरै
- औषधि
- तनाव
- पिट्युटरी ग्रन्थीमा ट्युमर
- चोट लाग्नु
- भोजन सम्बन्धि समस्या
- क्यान्सरको उपचार
- कन्जेनिटल एड्रेनल ह्यापरप्लासिया
महिलालाई हुने विशेष कारण
- रजनोवृत्ति
- गर्भावस्था
- स्नतपान
- पीसीओएस ( अन्डाशय सिंड्रोम)
- हर्मोनको औषधि
- प्राथमिक डिम्ब ग्रन्थि अपर्याप्तता
- समय भन्दा पहिले रजनोवृत्ति
कसरी बच्ने
- व्यायाम र योग
- हानिकारक केमिकल्सबाट बच्ने
- मिठाईको कम प्रयोग
- पर्याप्त निन्द्रा लिने
हानी
- शरीरमा लामो समयसम्म हर्मोन असन्तुलन हुँदा निम्न समस्या हुनसक्छ ।
- अनियमित मासिक धर्म
- डिप्रेशन र मुड परिर्वतन हुने
- तेल ग्रन्थि सक्रिय हुने
- बाझोपन
- शरीरमा धेरै कपाल आउने
- टाउकोको कपाल झर्ने
हर्मोन असन्तुलन हुँदा के खाने
- ओमेगा –३ फैटी एसिड
- नरिवलको तेल
- एवाकोडो
- अश्रगन्धा
- दही
- भिटामिन डि