वैशाख १२, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसद डा. सुरेन्द्र यादवलाई घरबाट उठाएर काठमाण्डौ ल्याउनेलाई कारबाही गर्न माग गरेको छ । सरकारले दुई वटा अध्यादेश फिर्ता लिने निर्णय गर्नुलाई गल्ति सच्याइएको रुपमा अथ्र्याएको कांग्रेसले अपहरण काण्डमा संलग्नको कुरा उठाएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अध्यादेश फिर्ता लिने सरकारको निर्णय लगत्तै गल्ती सच्याएको प्रतिक्रिया दिएका हुन् । शर्माले फेसबुकमा धारणा राख्दै अब सांसद उठाउनेलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।
त्यसैगरी उनले अब प्रधानमन्त्रीले कोरोनाविरुघको संघर्षमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाब दिएका छन् ।
शर्माले लेखेको छन्–अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब अपहरण शैलीमा सांसद उठाउने कर्ममा संलग्नलाई कार्वाहीको प्रतीक्षामा छ देश !
प्रधानमन्त्रीजिलाई जनताको तर्फबाट आग्रह छ अब सम्पुर्ण ध्यान र शक्ति कोरोना विरुद्धको संघर्षमा केन्द्रित गरौं । पहिले नागरिकको जीवन जोगाऔं फुर्सदमा राजनैतिक विवाद गरौंला ।