Logo

५ दिन पनि टिकेन दुवै अध्यादेश, राष्ट्रपतिद्वारा खारेज



वैशाख १२, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गरेकी छिन् । आज दिउँसो मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै राष्ट्रपति भण्डारीले खारेज गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरु खारेज गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । चार दिनअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ प्रमाणिकरण गरेकी थिइन् ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपति भण्डारीले खारेज गरिदिएकी हुन् । सोमबार जारी भएका अध्यादेशको चौतर्फी विरोध भएको थियो ।



प्रतिक्रिया दिनुहोस्