काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्नै पार्टीका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच भर्खरै भेटवार्ता सुरु भएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले देउवासँग बेग्लै भेटवार्ता गरेका थिए । सरकारले विवादित अध्यादेश फिर्ता लिएपछिको विकसित राजनीतिक घट्नाक्रमबारे प्रधानमन्त्री ओलीले छलफल गरेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाले जनाएअनुसार भेटवार्तामा नेताहरुबीच पछिलो परिस्थिति र परस्पर समझदारीमा जोड दिईएको बुझिएको छ । उनले फेशबुकमा यसबारेमा जानकारी दिँदै लेखेका छन,”प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”काे बालुवाटारमा सामुहिक भेट र छलफल जारी । पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जाेड । @ बालुवाटार ।” PHOTO SOURCE: Surya Thapa