Logo

झापाका ६२ वर्षीय बृद्धमा कोरोना पोजिटिभ देखियो, संक्रमितको संख्या ४९ पुग्यो



काठमाडौं, १२ बैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप एक जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको जनाएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ४९ पुगेको छ । मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा ती बृद्धको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले साँझ सोबारे जानकारी गराएकी छिन् । उनले जारी गरेको साँझ ७:४५ बजेको अपडेटअनुसार “हाल सम्म प्राप्त विवरण अनुसार निज आइसोलेशनमा अस्पतालमा हुनुहुन्छ र स्वास्थ्य अवस्था सामान्य रहेको छ। “



प्रतिक्रिया दिनुहोस्