Logo

अमेरिकामा ग्रिनकार्डवाहकलाई समेत देशनिकाला गर्नसक्ने आदेश अदालतबाट सदर



अमेरिका, १३ वैशाख । धेरै अपराधमा संलग्न ग्रिनकार्डवाहकलाई समेत अमेरिकाबाट देशनिकाला गर्नसकिने तल्लो अदालतको आदेश सर्बोच्च अदालतले पनि सदर गरेको छ । आज सर्बोच्च अदालतका ९ न्यायाधिसहरुमध्ये ५ जनाले धेरै अपराधमा संलग्न ग्रिनकार्डवाहकलाई देशनिकाला गर्नसकिने प्रावधानलाई सदर गरेका हुन् ।

अब कैयन अपराधमा संलग्न भएकाहरु अमेरिकाबाट देशनिकालाको आदेश रद्द गराउन सफल नहुने भएका छन् । अदालतले धेरै अपराधकाकारण सन् २०१६ मा जर्जियामा देशनिकाला भएका एकजना आप्रवासीको मुद्दाबारे फैसला गरेर यो नजिर कायम गरेको हो ।

देशनिकालामा परेका व्यक्तिले हातहतियार, लागु औषध, आक्रमण लगायतका अपराधहरु गरेका थिए । ती व्यक्ति अमेरिकी ग्रिनकार्डवाहक थिए भने उनले देशनिकाला रद्द गराउन माग गर्दै अदालतमा आवेदन दिएका थिए ।

सन् २०१६ मा ओबामा कार्यकालमा नै अध्यागमन अदालतका न्यायाधिसले ती व्यक्ति देशनिकाला रद्द गराउन योग्य नभएको फैसला गरेका थिए । पछि सन् २०१७ मा पनि बोर्ड अफ इमिग्रेशन अपिलले उनको देशनिकालालाई छुट दिन नसकिने फैसला गरेको थियो ।-खसोखासबाट



प्रतिक्रिया दिनुहोस्