१३ वैशाख : उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जून ३० सम्म जनतालाई राज्यमा भेला हुन दिइने बताएका छन्। राज्यमा कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै योगीले यो निर्णय गरेका छन्।
३० जून सम्म राज्यमा राजनीतिक जुलुस र सामाजिक सांस्कृतिक समारोहमा प्रतिबन्ध लगाइनेछ। यस अघि योगी आदित्यनाथले उत्तर प्रदेशका प्रवासी मजदुरहरूलाई देशका अन्य राज्यहरूबाट फिर्ता ल्याउने कुरा भनेका थिए।
उत्तर प्रदेशमा हालसम्म १६ सय भन्दा बढी कोरोना भाइरसको सङ्क्रमणको रिपोर्ट भइसकेको छ र २५ व्यक्तिको मृत्यु पनि भइसकेको छ। देशभरि सङ्क्रमितहरूको सङ्ख्या २४ हजार पार गरिसकेको छ। मर्नेहरूको सङ्ख्या ७७५ पुगेको छ।मेरोलागानी File photo