वैशाख १३, काठमाण्डौ । नेपालमा हालसम्म कूल कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । पछिल्लो पटक झापाका ६२ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो । त्यसैगरी पछिल्लो पटक शुक्रबार बागलुङकी १९ वर्षीय युवती र शनिबार चितवनमा रहेका एक २७ वर्षीय पुरुषको उपचारपछि निको भएको थियो । अहिलेसम्म १२ जनाको उपचारपछि निको भएको छ भने ३७ जनाको उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
नेपालमा अहिलेसम्म कूल ४९ हजार ३ सय ३६ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ वटा परीक्षण भएको छ । हालसम्म ९ हजार ६ सय ६६ जनाको पिसीआर परीक्षण र ३९ हजार ६ सय ७० जनाको ट्यापिड टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा १ हजार ९ सय वटा कलको सम्बोधन भएको छ । हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म २५ हजार ९ सय ६ रहेको छ । तिमध्ये २ सय ९० जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ ।
पछिल्ला दिनमा प्रदेश सरकारमार्फत आरडटी अर्थात ¥यापिड टेस्ट परीक्षण भइरहेको छ । सबै जिल्लामा यो परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश एकमा ४१६०, प्रदेश दुईमा ५०४४, बागमति प्रदेशमा ७४६७, गण्डकी प्रदेशमा ४८७१, प्रदेश पाँचमा २९५०, सुदूरपश्चिम प्रदेशमा १०,२०४ र कर्णाली प्रदेशमा ४९७४ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा १४ हजार ७ सय ३१ व्यक्ति छन् । सबैभन्दा धेरै प्रदेश ५ मा ७ हजा ९ सय ५६ जना क्वारेन्टाइनमा छन् । सबैभन्दा कम व्यक्ति क्वारेन्टानइनमा रहेको प्रदेश बागमित हो । बागमतिमा १ सय ३१ जना मात्रै छन् । आइसोलेसनमा ८७ जना सम्भावित संक्रमित रहेका छन् । रेड जोनमा रहेकासमेत गरी ३ सय ७७ जना सम्भावित संक्रमितको सूचिमा रहेका छन् ।