काठमाडौं, बैशाख १४ । सरकार र स्थानीय तहले चालेको प्रभावकारी कदम र उच्च सतर्कताले राजधानी उपत्यका सुरक्षित देखिएको छ । राजधानीका केही स्थानीय तहमा कोरोना भाइरस सङ्क्रमण देखिए पनि नियन्त्रणमा आइसकेको छ । उपत्यकाका ललितपुर र भक्तपुरमा भने अहिलेसम्म सङ्क्रमण देखिएको छैन ।
काठमाडौँ जिल्ला समन्वय समितिले सरकार, मातहतका निकाय, स्थानीय तह लगायतको संयुक्त प्रयासबाट राजधानीमा कोरोना नियन्त्रणमा आएको स्पष्ट पारेको छ । स्थानीय तहका जनप्रतिनिधि लगायतका सरोकारवालाले उच्च सतर्कता अपनाएकाले कोरोना सङ्क्रमण फैलिन नपाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।