१४ वैशाख : स्पेनमा कोरोना भाइरसलाई हराएर एक १०७ वर्षीया वृद्धा ठीक भएकी छन् । खास कुरा भनेको जब उनी ५ वर्षकी थिईन्, तब उनले स्पेनिस फ्लूलाई पनि हराएकी थिईन् ।
स्पेनको अंग्रेजी अखबार ओलिभ प्रेसका अनुसार, ती वृद्धाको नाम एना डेल भेल्ले रहेको छ । उनी कोरोनाबाट ठीक हुने हालसम्मको विश्वको सबैभन्दा धेरै उमेरको भएको मानिएको छ ।
अखबारका अनुसार, एनाका साथ अन्य ६० जना मानिसहरु पनि संक्रमित भएका थिए । हाल एना भने ठीक छिन् ।
उनको जन्म सन् १९१३ अक्टोबरमा भएको थियो । जब उनी ५ वर्षकी थिईन्, तब उनी स्पेनिश फ्लूको चपेटामा आएकी थिईन् र ठीक पनि भएकी थिईन् । जनवरी १९१८ बाट १९२० डिसेम्बर सम्म स्पेनिश फ्लूको प्रकोप रहेको थियो । उक्त महामारीबाट विश्वका एक तिहाई जनसंख्या प्रभावित भएका थिए ।
एनाले उक्त फ्लूलाई हराएको १०२ वर्षपछि फेरि अर्काे महामारीका रुपमा रहेको कोरोना भाइरसको लडाई पनि जितेकी छिन् । मेरोलागानी