काठमाडौं, १४ वैशाख । देशमा आज थप दुई जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । उनीहरु दुवै ५० वर्षीय पुरुष हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु दुवै पर्सा जिल्ला वीरगञ्जका बासिन्दा हुन् । उनीहरु विदेशबाट आएकाबाट संक्रमित भएको बुझिएको छ । योसँगै वीरगञ्जमा संक्रमित संख्या ५ पुगेको छ । नारायणी अस्पतालमा २ जना संक्रमित थपिएसँगै कुल उपचाररतहरुको संख्या ६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये ३९ जना विभिन्न अस्पतालहरुमा उपचाररत छन् । १२ जना नीको भई घर फर्किइसकेका छन् ।