महाभारतको शिक्षा हरेक कालमा प्रासंगिक रहन्छ । कोरोना भाइरसबाट संकटको यस घडीमा हामीले महाभारतको कही सबक लिन सकिन्छ ।
- मास्टर योजना बनाउनेः जीवनको कुनै पनि उत्तम घडीमा रणनीति हाम्रो जीवनको सफलता बनाउन सक्छ यदि कुनै योजना नभएमा जीवन एक अराजक भविष्यमा जान्छ र जसको कारण सफल हुने सम्भावना हुँदैन । कृष्णको पाँच पाण्डव बचाउनको लागि योजना नभएको भए पाण्डवहरुको औकातले विजय हुने थिएनन् ।
- धैर्य र संयम रहनेः जति रिस उठेपनि आफुलाई संयम राख्नुपर्छ, सम्पुर्ण क्षेत्रमा धैर्य र समझदारी राख्नु पर्छ । समयमा नै बृद्धि नपु¥याउँदा हामीलाई दःुखमा फसाइदिन्छ । महाभारतमा द्रोपदीले दुर्योधनलाई ‘अन्धोको छोरो पनि अन्धो’ भनेकाले पनि युद्ध निम्त्याएको हो ।
- हरेक दिनको मुल्यः मानिसको जिन्दगी जन्म र मृत्युको बीचमा हुन्छ । जिन्दगी धेरै छाटो हुन्छ यसैले कुनै यस्तो कर्म गर्नुपर्छ, हाम्रो अहिलेको कर्मले अर्को जीवनको तयारी होस् । गीताले यहि सन्देश दिन्छ, यस्तो काम गर्नुहोस् जसले पुरै जीवनलाई सुन्दर बनाउने छ ।
- संग्रह गर्नबाट बच्नेः अत्यधिक लोभले मानिसको जिन्दगीलाई नर्क बनाउछ । जुन आफ्नो होइन यसलाई अनैतिकपुर्वक लिने, हडप्नेको प्रयास गर्नु हुँदैन । आज नभएमा भोली त अवश्य प्राप्त हुनेछ । जति मात्र आवश्यक छ त्यत्ति मात्र संग्रह गर्नुपर्छ ।
- चिन्ता, डर र अशान्ती मृत्युको ढोकाः कुनै प्रकारको चिन्ता, मनलाई अशान्त राख्नु र व्यर्थको डर मनमा राखिरहे मृत्यु निम्त्याउने पक्का हो । मृत्यु त सबलाइै आउछ भने चिन्ता किन गर्नु । महाभारतमा चिन्तामुक्त जीवन सबैभन्दा ठुलो सम्पत्ति हो । डरले हाम्रो प्रतिरक्षा प्रणाली कमजोर हुने बताएको छ ।