Logo

यी हुन् नीको भइ घर फर्किएका कोरोना संक्रमित (सुचीसहित)



काठमाडौं, १५ वैशाख । नेपालमा ५२ जना कोरोना भाइरसका संक्रमित पत्ता लागिसकेको छ । उनीहरुमध्ये अधिकांश वैशाख महिनामा संक्रमित पत्ता लागेका हुन् ।

५२ संक्रमितमध्ये १६ जना नीको भइ घर फर्किइसकेका छन् । उनीहरुमध्ये अधिकांश विदेशबाट नेपाल फर्किएका हुन् । नीको भएकामध्ये तीनजना भारतीय नागरिक जमाती हुन् । उनीहरुलाई मुस्लिम आयोगको जिम्मा लगाइएको छ ।

संक्रमित भएकाहरु भारत, चीन, युरोप र खाडी मुलुकबाट नेपाल फर्किएकाहरु हुन् । उनीहरु सबै स्वस्थ भई घर फर्किएपछि नेपालमा कोरोना भाइरसको रोकथाम र जोखिमसँग जुध्ने उपाय प्रभावकारी बनेको देखिएको छ ।

संक्रमित भई घर फर्किएकाको सुची
१. चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो, माघ महिनामै टेकु अस्पतालबाट डिस्चार्ज
२. फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज
३. युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको, १० वैशाखमा टेकु अस्पतालबाट डिस्चार्ज
४. युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको, १० वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
५. बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरी अंशु सापकोटाको १५ चैत्रमा पत्ता लागेको, १२ वैशाखमा धौलागिरी अस्पतालबाट डिस्चार्ज
६. फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई धौलागिरी अस्पतालबाट डिस्चार्ज
७. भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ७ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
८. भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ९ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
९. कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको, लम्की चुहा नगरपालिका भरुवाकी उनी ११ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
१०. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, १४ वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
११. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
१२. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
१३. रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
१४. कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपालिकमा १ वैशाखमा पत्ता लागेको, १२ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
१५. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य, ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज
१६. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य, ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज-File Photo



प्रतिक्रिया दिनुहोस्