१५ वैशाख : न्यूजिल्याण्डमा लकडाउन खुकुलो पारिएको छ । कोरोना भाइरस सामुदायिक रुपमा संक्रमण फैलन रोकिए पछि यस्तो निर्णय लिईएको न्युजिल्याण्ड सरकारले जनाएको छ । धेरै दिन पछि आइतबार न्यूजिल्याण्डमा एक जनामा मात्र संक्रमण पाइएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
आफ्नो मुलुकमा कोरोना भाइरस हाल निर्मुल पारिएको न्यूजिल्याण्डकी प्रधानमन्त्री जकिन्डा आर्डेनले दाबी गरेकी छिन् । यद्यपी केही सरकारी अधिकारीहरुले भने यसलाई नयाँ कोरोना संक्रमणको अन्त्य मान्न नहुने भन्दै चेतावनी दिएका छन् ।
न्यूजिल्याण्डमा केहि सामाजिक प्रतिबन्धहरु हटाउन लागिएको छ । मंगलबारबाट व्यापार, स्वास्थ्य सेवा र शिक्षाका गतिविधिहरु पुन संचालनमा ल्याइने छ । तर अधिंकाश मानिसले भने सामाजिक दुरी कायम राख्नका लागि घरमा नै रहनु पर्नेछ । अर्थ व्यवस्थालाई खुकुलो पारिएता पनि न्यूजिल्याण्डमा मानिसको सामाजिक जीवनमा प्रतिबन्ध यथावत रहनेछ ।
हालसम्म न्यूजिल्याण्डमा कोरोना भाइरसको पुष्टि एक हजार पाँच सय भन्दा कममा देखिएको छ भने १९ जनाको मृत्यु भएको छ । कोरोना महामारीको सुरुवाती दिनमा एक दर्जन मानिसमा संक्रमण देखिए पछि न्यूजिल्याण्डले कडा प्रतिबन्धहरु घोषणा गरेको थियो । सिमाना बन्द गर्नका साथै कडा लकडाउन गरेको न्यूजिल्याण्डले विस्तृत परिक्षणका साथै सम्पर्क ट्रेसिंग पनि व्यापाक रुपमा बढाएको थियो ।
सोमबार मध्यरात १२ बजेबाट न्यूजील्याण्ड लकडाउनको चौथो चरणबाट तेस्रो चरणमा प्रवेश गर्दैछ । अर्थात धेरै जसो व्यापार व्यवसाय र रेष्टुरेन्टहरु खोल्न सकिनेछ । तर प्रत्यक्ष रुपमा मानिसहरु सम्पर्कमा रहने भने पाइने छैन ।
न्यूजील्याण्डका नागरिकलाई निकट मित्र वा परिवारसँग पनि २ मिटरको दुरी कायम रहन भनिएको छ । सामुहिक भेलाहरु अझै पनि प्रतिबन्धित छन् भने सपिंग सेन्टर र धेरै जसो विद्यार्थीहरु विद्यालय जाने छैनन् । यससँगै न्यूजील्याण्डका सिमाहरु बन्द रहनेछन् ।मेरो लगानी