Logo

इवोला भाइरस के हो



इवोला र मारबर्ग भाइरस उस्तै भाइरस हुन् जसको संक्रमणले रक्तश्राव भइृ ज्वरो आउन सक्छ । यस रोग लागेका बिरामीमा अत्यधिक रक्तश्राव हुन्छ, शरीरका अंगले काम गर्न छाड्छन् र धेरै रोगीको मृत्यु हुनसक्छ । यो दुइृ भाइरस अफ्रिकामा उत्पन्न भएको हो । जहाँ केही देशहरुमा यो रोग छिटफुट प्रकोपको रुपमा बढीरहेको छ । इवोला र मारबर्ग भाइरस जनावरको शरीरमा बस्छ र संक्रमित जनावरको सम्र्पकमा जानाले यो रोग लाग्न सक्छ । यो भाइरसबाट संक्रमित व्यक्तिको रगत, पसिना आदी शरीर र यसले निकाल्ने तरल पद्धार्थ वा दुषित सुईको सम्र्पक हुनाले यो रोग फैलन सक्छ ।

आजसम्म यो दुई भाइरसको उपचार गर्ने औषधि बनेको छैन । यो भाइरसबाट पिडित व्यक्तिहरुले मुस्किलले उपचार सफल भएका छन् । वैज्ञानिकहरुले यस्तो खतरनाक रोगको उपचारको औषधि बनाउने कोशिश गरेका छन् ।

इवोला कसरी फैलन्छ

इवोला भाइरसको टेरोपाँडीड विविधताको मुख्य कारण फल र परागकण खाने चमगादन्डो शरीरमा नै बस्छ । मानिसमा इवोला, वनमा बस्ने चिम्पाञ्जी गोरील्ला, बादर जस्ता संक्रमित रोग वा जनावरको रगत, मल मुत्र, अंग वा अन्य जनावरसँगको सम्र्पकमा जानाले फैलन्छ ।

छाला वा झिल्ली भाइरस फाटेमा संक्रमित व्यक्तिको शरीरबाट रगत वा अन्य विविधता भएका जनावरको दुषित स्थान र ओछ्यानको कपडा जस्ता चीजको सम्र्पकमा जानाले एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन्छ ।

इवोला भाइरसको संक्रमणको लक्षण

  • ज्वरो
  • टाउको सहनै नसक्ने गरी दुख्नु
  • जोड र मांसपेशीमा दुखाइ
  • धेरै चिसो लाग्नु
  • कमजोरी
  • पेट दुख्नु
  • धेरै तौल घट्नु
  • छाती दुख्ने र खोकी लाग्ने
  • आँखा रातो हुने
  • रक्तश्राव – विशेष त मृत्यु हुने व्यक्तिको कान, नाख वा मलाशयबाट रगत निस्कनु)
  • उल्टी हुने
  • भित्री भागमा रक्तश्राव हुने

(यसको कारण, जटिलता, निदान र उपचार क्रमश राख्दै जाने छौ )



प्रतिक्रिया दिनुहोस्