वैशाख १६, काठमाण्डौ । आफ्नै दल नेकपाभित्र आफुविरद्द विभिन्न रणनीति भइरहेका बेेला प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट र छलफल तीब्र बनाएका छन् ।
पार्टीका नेताहरुसँँग निरन्तर छलफलमा जुटेका ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सोमबार राति भेटेेेेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओली र राणाबीच भेटवार्ता भएको हो । मंगलबार सचिवालय बैठक बस्ने तय भइसकेपछिको यो भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
पछिल्लो समय ओलीले दुई अध्यादेश ल्याएपछि गर्माएको राजनीति सो फिर्ता लिँदासम्म पनि सामान्य भएको छैन बरु नेकपाभित्रको आन्तरिक राजनीति नै पेचिलो बनेको छ ।
त्यसैले छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।