Logo

सांसद यादव अपहरणको जाहेरी दिन सरकारी वकिलको कार्यालय काठमाडौंमा



काठमाडौं, १६ बैशाख । जनता समाजवादी पार्टी, नेपालका सांसद डाक्टर सुरेन्द्र यादव यतिवेला जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अपहरणको जाहेरी दिन पुगेका छन् । प्रहरीले दर्ता गर्न नमानेपछि सांसद यादव जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरुले लिएर पुगेका छन् । कानुन व्यवसायीको रायअनुसार उनी मंगलबार सरकारी वकिल कार्यालय पुगेका हुन् । अहिले अधिवक्ता डा. दिनेश त्रिपाठीले जाहेरी दर्ता गर्नको लागि कानूनी व्याख्या गरिरहेका छन् ।

यसअघि नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी लिएर सांसद यादव तथा जनता समाजवादीका शीर्ष नेताहरू आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए । तर, काठमाडौं प्रहरीले घटना महोत्तरीमा भएको भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो । FILE PHOTO

 



प्रतिक्रिया दिनुहोस्