काठमाडौं, १६ वैशाख । पूर्व सचिव भीम उपाध्याय अहिले चर्चामा छन् । उनलाई साइबर अपराधको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्दा चलायो । हिरासतबाट अदालतको आदेशबाट छुटेका पूर्व सचिव उपाध्यायसँग ऋषि धमलाले गरेको कुराकानीः
तपाईं कति दिन हिरासतमा बस्नुभयो ?
छ दिन बसेँ ।
छ दिनसम्म हिरासतमा बसेर के के गर्नुभयो ?
केही भएन बयान दिँदै गएँ । उनीहरुले म्याद थप्न अदालत लगे, त्यसपछि म्याद थपियो । फेरि फर्किएर आयो, प्रतिवेदन बनायो । त्यसैगरी बिते मेरो हिरासतका छ दिन । धेरै बिजी भइयो ।
धेरै बिजी हुनुभयो होइन हिरासतमा ?
मलाई नौलो अनुभव भयो । रमाइलै भयो । प्रहरीहरु पनि एकदम माया गर्ने सहयोगी पाएँ । मलाई त त्यहाँ नयाँ अनुभव भयो ।
तपाईं हिरासतमा पर्नुभएको पहिलोपटक हो ?
यो मेरो हिरासतको पहिलो अनुभव हो । कर्मचारी मान्छे केमा पर्ने हो र परेपनि भ्रष्टाचारमा पर्ने हो । भ्रष्टाचार गर्नुपरेको छैन जिन्दगीमा ।
तपाईंले भ्रष्टाचारका कुरा पूर्वाग्रही भएर बताउनुभयो रे होइन ?
म त ठेक्कापट्टा कै काम गरेको जिन्दगीभरि कहाँ के गरिन्छ, कसो गरिन्छ सबै थाहा छ । त्यसैले यो पद्धतिहरुलाई सबै मिलेर सुधार्नुपर्छ भनेर मैंले त्यही न गरेको हो ।
पछिल्लो समय तपाईंको सोसल मिडियामा प्रधानमन्त्री लक्षित कटाक्ष थियो रे नि ?
त्यो मैंले केपी ओलीलाई लक्षित गरेर गरेको होइन । प्रधानमन्त्रीलाई भनेको हुँ । मैले जो प्रधानमन्त्री हुँदा पनि बाँकी राखेको छुइँन । म पहिला पदमा हुँदा अलिअलि लेख्थेँ, मुख्य सचिवहरु अलि कम लेख्नुस् भन्नुहुन्थ्यो । त्यसकारण प्रधानमन्त्रीसँग व्यक्तिगत रुपमा केही छैन । सार्वजनिक पदमा भएपछि त सार्वजनिक हिसावले कुरा गर्ने हो ।
तपाईंले स्वास्थ्य सामाग्री करिद प्रकरणमा भ्रष्टाचार भयो भन्नुभयो होइन ?
हो ।
त्यसमा आधार के छ त ?
त्यो त सबैले देखेकै कुरा हो । तपार्इंंहरु सबैले भनेकै कुरा हो । त्यही पनि त्यसमा रेटै फरक देखिन्छ । कसले खायो त्यो भन्दिँन । तर, राष्ट्रलाई त नोक्सान भयो नि । रेट तलमाथि भयो होला कसैले खायो होला । म कसैलाई दावी गरेर पनि भन्न सक्दिँन । काम गर्दै जाँदा तपाईंंले पैसा नखाए पनि विभिन्न तरिकाबाट त्यहाँ खाइसकेको हुन्छ । तर, जहाँ, जसरी, जे गरेको भएपनि जनता र देशलाई त नोक्सान भयो नि । कसैलाई तोकेर यसै खायो भनेर त मैले पनि भनेको छैन नि ।
लकडाउनको बेलामा प्रधानमन्त्रीको आलोचना गरिरहँदा मलाई समस्या पर्छ कि भनेर ध्यान दिनुभएन ?
होइन त्यस्तो के हुन्थ्यो । नागरिकले चुनेको प्रधानमन्त्री सबैको अभिभावक हो नि । लोकडाउन भएको बेलामा त सबैको हित हुनेगरी सबैलाई ढुक्क हुने गरी बस्न, खान पाउनुपर्ने हो । सरकारले लगाउनुभन्दा ६ दिन अगाडि देखि म आफ्नै घरमा लकडाउनमा थिएँ । म आफै सचेत नागरिक अनि लकडाउनको के चिन्ता । लकडाउनको विषयमा दिनदिनै अपडेट गर्ने मान्छेमध्ये म पनि एकजना पर्थें । मलाई लकडाउनले झन आनन्द भइराखेको थियो । यो बेलामा ज्यान जोगाउने ज्यान भए पछि काम गर्ने हो भन्ने संसारको नियम नै हो नि ।
सरकारको प्रसंसा गर्नुपर्ने बेलामा आलोचजा गरियो भनेर तपाईंलाई हिरासतमा लिइयो नि ?
सरकारको आलोचना गर्दैमा हिरासतमा लिन पाइँदैन । सरकारकै हो आलोचना गर्ने नै । सरकारबाहिर बसेका मान्छेलाई कसले आलोचना गर्छ र । म सचिव हुँदा पनि मेरो पनि आलोचना गर्थें । रिटायर्ड भएको तीन वर्ष भयो अझै पनि मेरो आलोचना गर्नेहरु गरिरहेका छन् । सार्वजनिक पदमा भएकै मान्छेको आलोचना हुने हो, समाचार आउने हो । आलोचना गर्नेबित्तिकै मानिस खोज्दै हिँडेर सार्वजनिक पदमा बसेर कामै गर्न सकिँदैन नि । ओलोचना गर्ने गर्दै गर्दछ । आफू काम गर्नेले काम गर्दै जानुपर्छ । त्यसलाई खोज्दै हिंडेर कामै गर्न सकिँदैन नि । मेरो चाहना त त्यही हो । सबैले आफ्नो आफ्नो चाहना र दृष्टिकोणले काम गर्दछन् ।
केपी शर्मा ओली र तपाईंको सम्बन्ध चाहीं कहिलेदेखि बिग्रियो त ?
म नेपाल ट्रष्टमा हुँदा कुनै प्रधानमन्त्रीले पाइला नटेकेको ठाउँमा उहाँ तीन चोटी आउनुभयो । त्यसबेलामा सबै छक्क परेका थिए । ओहो प्रधानमन्त्री आउनुभयो । यस्तो कसैले गन्दै नगन्ने अफिसमा भनेर तीनछक परेका थिए । त्यस्तो नराम्रो सम्बन्ध कहाँ हो र । पहिलो कार्यकालमा हो । दोस्रो कार्यकालमा त मेरो भेट पनि भएको छैन । फेरि सम्पर्क गर्न जरुरी पनि भएन । मेरो फेरि कुनै नेतासित काम लिन जरुरी पनि छैन । राज्यले मबाट केही कुरा लिन चाहन्छ भने सहयोग गर्न तयारै छु । त्यो बापत मैले पैसा माग्ने कुरा पनि भएन । राज्यलाई आवश्यक परेको खण्डमा मैले जानेबुझेसम्मको सहयोग देश र जनताको लागि गरिहाल्छु । मभन्दा योग्य मान्छे छन् भने मलाई सोध्नुपर्छ भन्ने छैन । यस्तै सल्लाह, सुझावहरु सामाजिक सञ्जालमा लेख्दा कर्त कटाक्ष होलान् त्यो रमालो पनि हो । मान्छेले कहिले कार्टुन छाप्छन्, कहिले गाइजात्रा गर्छन् । रमाइलो रुपले सांकेतिक विरोध हो नि त्यसैलाई इजीरुपमा लिइदियो भने सकिहाल्छ नि ।
तपाईंले त भन्नुभयो सबैले इजीरुपमा लिँदैनन् नि भीमजी ?
शासन, सत्तामा बस्नेहरुले कामले नै प्रशंसा पाउने हो । कामले नै आलोचना पनि खेप्नुपर्छ । विरोधका नाममा कसैको फेरि जे गरेपनि विरोध गर्ने बाँनी हुन्छ त्यस्तो मबाट हुँदैन । राम्रा काम गरेका बेलामा क्यैयौं प्रशंसा गरेर लेखेको पनि छु, त्यो हुँदा कसैले तपाईंले प्रशंसा गर्नुभएछ भनेनन् । त्यसैले मान्छेले हिंड्दै छ, पाइला मेट्दै भनेजस्तो पहिला के गरेको नहेर्ने अनि अन्तिममा के गरेको छ त्यसलाई लिएर कारबाहीतिर लाग्नुभएन नि । अहिलेको अवस्थामा औषधिको प्रकरणमा आलोचना हुने नै भयो नि होइन ? लकडाउन भनेको जनताको सबैभन्दा धेरै कठिन कुरा हो । त्यसको व्यवस्थापन गर्न जानेन भने आलोचना भइहाल्छ नि ।
राष्ट्रपतिको आलोचना गर्दा पाँच वर्ष जेल पनि भयो नि ?
राष्ट्रपतिको आलोचना गर्न किन नपाउनु उहाँ पनि जनताको घरबाट सुविधा खाएको मान्छे हो । जनताले चुनेर त्यहाँ बपठाएको हो । त्यस्तो व्यक्तिको आलोचना गर्न पाइहाल्छन् नि । उहाँहरु जनताको आलोचना नसहन नसक्ने हो भने त्यस्तै खालको संविधान बनाउनुप¥यो ।
अब सरकारको आलोचना कम गर्नुहृुन्छ ?
किन आलोचना कम गर्नु । कामअनुसारको समर्थन र आलोचना हुन्छ । तर, शब्द कस्तो लेख्ने भन्ने हो । एकदमै बोदो दिमाखलाई कसरी लेख्ने, सन्सेटिभ मान्छेलाई कसरी लेख्न भन्ने कुरा बिहान र बेलुका नै फरक हुन थाल्छ । कुस्तो दिमाग भएको व्यक्तिको कुन लेभलमा आलोचना गर्ने भन्ने ठूलो कुरा हो । मेरो पनि त एकथरी आलोचना गर्छन् नि, मैले लेखेबापत । राजनीतिक दलहरुलाई तपाईंहरुलाई जनताले के भनिरहेको छ भनेर ऐना पनि देखाइरहेका छौं नि ।
प्रशासकहरु पनि त भ्रष्ट छन् नि ?
प्रशासकहरु कस्ता भएछन् भन्ने कुरा त मैले मेरै मुद्दाबाट पनि थाहा पाएँ । यो देशका प्रशासकहरु कसरी काम गर्न नसक्ने भएछन् । वकिल, अदालतहरु कसरी निरीह भएन् । उहाँहरुलाई मैले अहिले नै तपाईंहरु ढाँड निहु¥याउन थाल्नुभयो । आफ्नो तागत देखाउन छोड्नुभयो भने १०, १५ वर्षपछि तपाईंहरुको मेरुदण्ड खिइन्छ भनेर त मैले भनेर आएँ नि । अहिले मैले सबैतिरको भोगाई, ज्ञानको आधारमा उजागर गर्दा अलिकति बढी भयो होला । तर, जुझारुपन त मेरो स्कुलदेखिकै हो नि ।
हाम्रो देशमा कसले के गर्दा भ्रष्टाचार रोकिन्छ ?
यहाँ भ्रष्टाचार हुने कुरा सोझै छ नि राजनीतिक दलबाट हुन्छ । म रिटार्य भइसकेको कर्मचारी त नागरिक सरह त हो नि ।
तर, तपाईंले सेवासुविधा त लिइरहनुभएको छ नि ?
मैले के सुविधा लिएको छ ?
राज्यबाट पाउने सेवासुविधा लिने अनि सरकारको विरोध गर्ने ?
मैले राज्यबाट पाउने सेवा, सुविधा केही पनि लिएको छैन । आफ्नो परिश्रम बेचेर लिएको तलब हो । त्यही तलबाट काटेर राखेको पेन्सनलाई स्टलबेसमा दिएको हो । राज्यकोतर्पmबाट मलाई केही गरेको छैन । मेरै तलबबाट काटेर राखेको पैसाबाट पेन्सन पाएको हुँ ।
पेन्सन त लिनुहुन्छ नि ?
पेन्सन भनेको तलब नै हो क्या, त्यो छुट्टै सुविधा होइन । राज्यले मुलाकाजले दिने सेवा, सुविधा होइन । त्यही कुरा कसैले रिटार्य हुने बेलामा एकमुष्ठ लिएर हिड्छन् कसैले पेन्सको रुपमा लिन्छन् । तर, त्यो आफ्नै तलबबाट काटेर राखेको जगेडा हो ।