काठमाडौं, १६ वैशाख । देशमा कोरोना भाइरसको संक्रमित संख्या ५४ पुगेको छ । आज रौतहटका दुई पुरुषमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित दुवैजना भारतबाट नेपाल आएका हुन् । उनीहरु २४ र ३५ वर्षीय पुरुष हुन् । लकडाउनको समयमा नेपाल पसेपछि क्वारेन्टाइनमा राखिएका थिए ।
क्वारेन्टाइनमा राखिएका दुवैको स्वाब परीक्षणका क्रममा पोजेटिभ देखिएको थियो । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुवैको स्वाब परीक्षणका क्रममा पोजेटिभ देखिएको थियो ।
१. रौतहटका २४ वर्षीय युवक भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका, परीक्षणका क्रममा १६ वैशाखमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको
२. रौतहटका ३५ वर्षीय युवक भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका, परीक्षणका क्रममा १६ वैशाखमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको