Logo

क्लब २८ द्वारा बागबजारमा विपन्नहरुलाई खाना खुवाउने कार्य जारी (फोटोफिचर)



काठमाडौं १६ बैशाख । काठमाडौं महानगरपालिका वडा नम्बर २८ मा लकडाउन अवधिभरि विपन्न तथा निमुखाहरुलाई खाना खुवाउने काम जारी राखेको छ । २८ क्लबका अरुण तण्डुकारको संयोजकत्वमा पद्मकन्या क्याम्पस अगा डि दैनिक दुई सय जना निमुखाहरुलाई खाना खुवाउने कार्य जारी राखेको हो ।

 

संयोजक अरुणको साथमा उपाध्यक्ष किशोर तण्डुकार, सचिव मिना खड्गी, कोषाध्यक्ष त्रिपाल तण्डुकार, सदस्यहरु रोजेन शाही सुजन श्रेष्ठ रहेका छन् । २८ क्लबले हप्ताको दुई दिन मासु–भात, दुई दिन खिर–तरकारी र अन्य दिन खाना र तरकारी खुवाउँदै आएको छ ।

गत बैशाख ४ गतेबाट सुरु गरिएको खाना वितरण दैनिक लगभग दुई सय जनालाई खाना वितरण गरिएको जानकारी संयोजक अरुण तण्डुकारले दिए । उनी भन्छन्– दैनिक २६ देखि २७ केजी चामल र त्यहीअनुसारको तरकारीको व्यवस्था गरिँदै आएको छ ।

सचिव मिना खड्गी बताउँछिन्–”लकडाउनको बेला घर जान नपाएका दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने मजदूर, सिलाई–कताई गर्ने मजदूरहरु र उनीहरुका परिवारलाई खाना खुवाउँदै आएका छौं, हामी लकडाउन अवधिभर दुःखमा परेका मजदूरहरुलाई यसरी नै खाना खुवाउने कार्य जारी राख्छौं, किनभने हामीलाई हाम्रा अग्रज मनकारी दाजु–भाइ, दिदी–बहिनीहरुले साथ दिईरहनुभएको छ ।”

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्