Logo

तरकारीको अभाव कसैलाई छैन: कृषि मन्त्री टोमर



१७ वैशाख : भारतका केन्द्रिय कृषि तथा कृषक कल्याण मन्त्री नरेन्द्र सिंह टोमरले देशभरी कसैलाई पनि तरकारीको अभाव नभएको दाबी गरेका छन् ।

लकडाउनका कारण आवतजावत र ढुवानीमा समेत समस्या भएकाले कतिपय बस्तुको अभाव भएपनि तरकारीको भने अभाव नभएको उनको भनाई छ ।

बुधबार नयाँदिल्लीमा एक पत्रकार सम्मेलनमा बोल्दै उनले कृषि पदार्थ एउटा अति महत्वपूर्ण चिज भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको जानकारी पनि दिए ।

कृषिजन्य काम तथा सेवाका लागि कुनै पनि अवरोध नभएको र जुनसुकै बेला पनि गर्न सकिने व्यवस्था गरिएको उनले बताए । “संकटको समयमा कृषि अर्थतन्त्र धेरै महत्वपूर्ण हुन्छ,” उनले भने ।

कृषि मन्त्री टोमरले यस्तो अवस्थामा पनि कुनै पनि व्यक्तिलाई कृषिजन्य सेवा तथा बस्तुको अभाव नहुनु निकै ठूलो कुरा भएको बताए ।
उन्ले संकटसँग जुध्नका लागि कृषि विभाग मार्फत् १७ हजार ९८६ करोड भारतीय रुपैया कृषकहरुलाई वितरण गरिएको पनि जानकारी दिए ।
प्रधानमन्त्री किसान सम्मान निधि कार्यक्रममार्फत् उनीहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको उनले बताए । यसबाट लाखौँ किसान लाभान्वित भएको पनि कृषि मन्त्री टोमरको भनाई छ ।रासस



प्रतिक्रिया दिनुहोस्