Logo

अनमोल वचनहरु जसले जीवनलाई सफलता तिर डो¥याउनेछ



  • सलाई अरुलाई जलाउनु भन्दा पहिले आफै जल्छ, रिस पनि सलाई जस्तै हो अरुलाई बर्बाद गर्नु अघि नै आफै बर्बाद हुन्छ ।
  • पैसा र हैसियत परिर्वतन गर्न सकिन्छ तर औकात सकिदैन ।
  • अरुको बारेमा त्यति नै बोल जति आफ्नो बारेमा सुन्न सक्छौ ।
  • निरन्तर असफलताको कारण निराश नहुनुहोस्, कहिले काही गुच्छाको अन्तमा ताला खोलीन्छ ।
  • बृद्धि जसको पासमा छ यसैसँग बल हुन्छ ।
  • हात्ती जस्तो विशाल जनावरलाई एउटा अंकुशले वशमा लिन सकिन्छ भने यसको प्रमाण बृद्धिमा धेरै शक्ति हुन्छ ।
  • अध्यारो जतिसुकै भयंकर भएपनि एउटा सानो बत्तीले चक्काउछ, जीवनमा जतिसुकै अध्यारो भएपनि विवेकको उज्यालोले अन्धकारलाई हटाइदिन्छ ।
  • निमको रुखलाई दुध र घ्यु पिलाएपनि मिठो हुँदैन, दुष्ट मानिसलाई जति नै राम्रो ज्ञान दिए पनि उसले कुर्कम त्याग्दैन ।
  • जसले आफ्नो चाहानालाई काबुमा राख्छ उसले जीवनका कष्टहरु माथी विजय प्राप्त गर्छ ।
  • संकटको समयमा धैर्य धारण गर्नु आधी लडाई जीते बराबर हो ।
  • समस्यामा परेको बेला सहयोग सोचेर मात्र माग्नुपर्छ, समस्या सानो हुन्छ तर कथा आजीवनको हुन्छ ।
  • कुनै व्यक्तिले दुराचारी, कुदृष्टि र दुर्जन मानिससँग मित्रता गास्नु हुँदैन किनभने त्यस्तासँग मित्रता गर्ने मानिसको छिटो नाश हुन्छ ।
  • दुश्मनलाई सधै भ्रममा राख्नुपर्छ, यदि उसलाई अप्रिय बनाउन चाहानुहुन्छ भने राम्रो व्यवहार गर्नुहोस् जब सिकारीले हरिणलाई नजिक बनाउन मिठो गीत गाउनुपर्छ र जब नजिक आउछ र उसले समात्छ ।


प्रतिक्रिया दिनुहोस्