Logo

कोरोनाको आरडीटी परीक्षणमाथि अविश्वास, किटको गुणस्तरमाथि प्रश्न



वैशाख १७, काठमाण्डौ । पछिल्ला दिनमा सरकारले कोरोना भाइरस नियन्त्रणका लागि परिक्षणलाई तीब्रता दिएको छ । तर ¥यापिड टेस्ट अर्थात आरडिटी र पिसीआर को रिपोर्टमा फरक देखिने गरेको छ । जसले गर्दा ¥यापिड टेस्टको विश्वासनियता माथि प्रश्न उब्जिएको छ । तर यो बिषयमा भने अहिलेसम्म सरकारले मुख खोलेको छैन । सरकारले सात करोड बढी रकम खर्चेर चीनबाट ७५ हजार ¥यापिड टेस्टका लागि किट खरिद गरेर ल्याएको थियो ।

उदयपुरमा १६ जनामा गरिएको ¥यापिड टेस्टले चीनबाट ल्याइएको किटको विश्वसनीयतामाथि प्रश्न उठेको छ । भारतबाट आएर उदयपुरको भुल्के मस्जिदमा बसेका १२ जना भारतीयसहित १६ जनाको सुरुमा यापिड टेस्ट गरिएको थियो । जसमा १६ जनाकै नतिजा नेगेटिभ आएको थियो । बाहिरी मुलुकबाट आएको हुनाले उनीहरूको पुनः पिसिआरमा स्वाब परीक्षण गरियो। त्यसमा १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ भेटिएको हो ।

यसअगाडि नै चीनबाट ल्याइएर्का यापिड टेस्ट किटको गुणस्तरमा विज्ञहरूले प्रश्न तेस्र्याएका थिए । त्यस्तै गत चैत २५ गते वीरगन्जबाट कैलाली पुगेका एक महिलाको पर्नि यापिड टेस्ट गर्दा नतिजा नेगेटिभ देखाएको थियो । तर वैशाख १ गते पिसिआरमा गरिएको परीक्षणमा महिलामा कोरोना संक्रमण देखियो । सरुवा रोग विज्ञहरुले पनि ¥यापिड टेस्ट किटको गुणस्तर र विश्वासनियता माथि गम्भिर आशंका ब्यक्त गरेका थिए ।

एकपछि अर्को गर्दै ¥यापिड टेस्टको नतिजा उल्टिएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल उक्त परिक्षण स्थगित गरेर पिसिआर परिक्षणको दायरा बढाउन माग गरेको थियो ।

त्यसो त सरकारले चीनबाट यो किट ल्याए लगत्तै विज्ञहरूले यसमाथि प्रश्न उठाएपछि सरकारले यसको गुणस्तर टुंगो गर्ने जिम्मा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्लाई दिएको थियो । तर परिषद्ले अहिले अनुसन्धान गर्ने बेला होइन भन्दै पन्छियो ।

त्यसपछि, स्वास्थ्य मन्त्रालयले त्यसको जिम्मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई दियो । मन्त्रालयको दबाबपछि प्रयोगशालाले यसको गुणस्तर नाप्ने जिम्मा लियो। लगत्तै अनुसन्धान परिषद्सँगको सहकार्यमा कैलाली र कञ्चनपुरबाट १ सय ९८ वटा नमूना ’क्रस चेक’का लागि ल्याइएको थियो। त्यो बेला एउटै व्यक्तिको स्वाब र रगतको नमूना ल्याइएको हो। एकै व्यक्तिका नमूना किट र पिसिआर दुवैमा जाँचेर किटको विश्वसनीयता प्रमाणित गर्ने भनिएको थियो । तर मन्त्रालयले अहिलेसम्म त्यो रिपोर्ट सार्वजनिक गरेको छैन ।



प्रतिक्रिया दिनुहोस्