Logo

विवाह अगावै ब्रिटिश प्रधानमन्त्री जोन्सन र प्रेमिका क्यारीलाई पुत्रलाभ



एजेन्सी, १८ वैशाख । कोरोना भाइरसको संक्रमणबाट हालैमात्र मुक्त भएका ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सन र उनकी प्रेमिका क्यारी सिमंड्सलाई पुत्रलाभ भएको छ । कोरोन संक्रमणबाट निको भएर काममा फर्केको २ दिन पछि प्रधानमंत्री जोन्सनलाई बुधबार पुत्र लाभ भएको हो। ५५ वर्षीय जोन्सन र ३२ वर्षीय सिमंड्सको औपचारिक विहे हुन बाँकी छ ।

जोन्सन तथा उनकी प्रेमिकाकी एक प्रवक्ताले क्यारी सिमंड्सले बुधबार बिहान लन्डनको एक अस्पतालमा शिशुलाई जन्म दिएका हुन्। आमा तथा शिशु दुवै स्वस्थ रहेको पनि उनले बताइन् । ब्रिटेनका विभिन्न राजनीतिक दलका नेता तथा साम्सदहरुले जोन्सन दम्पतिलाइ बधाई दिएका छन् । प्रधानमन्त्री जोन्सनका दोश्री श्रीमती मेरिना व्हिलरबाट चार छोराछोरी तथा हेलेन म्याकिनटायरबाट एक छोरी छन्। जोन्सनले गत फेव्रुअरी महिनामा आफ्नी श्रीमती मेरिनासंग आफुले पारपाचुके गरेको घोषणा गरेका थिए ।

गत मार्च २७ मा कोरोनाको संक्रमण देखिएका प्रधानमंत्री जोन्सनलाई लन्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको थियो । उनलाई तीन रातसम्म ‘इन्टेसिभ केयर युनिट’ मा राखिएको थियो । अप्रील १२ मा डिस्चार्ज भए पछि उनले बकिंगहमशायरस्थित आफ्नो सरकारी निवासमा आराम गरेका थिए । उनी गत सोमबार मात्रै काममा फर्किएका थिए । कोरोनाका सामान्य संकेतहरु देखिए पछि उनकी गर्भवती प्रेमिका एकान्तवास बसेकी थिइन् ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्